आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

इन्द्रचोकमा न्यतभूलु अजिमाको देवी नाच

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • काठमाडौंको नरदेवीस्थित न्यतभूलु अजिमाको देवी नाच अहिले विभिन्न स्थानमा प्रस्तुत् गरिँदै आएको छ ।

    २०६६ सालदेखि सुरु भएको यो देवी नाच बुधबार इन्द्रचोकमा प्रस्तुत् गरियो ।

    बुधबारै अजिमाको मूलघरमा सिद्धिपूजा गरी गणहरुलाई नगरपरिक्रमा गराइ इन्द्रचोकमा नाच प्रस्तुत् गरिएको हो ।

    अजिमा गणमा श्वेतकाली, कुमारी, गणेश, भैरव, बाराही, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिंहिनी, ब्यांगघिनी, करुणामय, चण्डेश्वरी, महादेव, कुमार, दैत्य, ध्वों र खिचा रहेका छन् ।

    भदौ ३१ गते देवी नाचको अन्तिम दिन हनुमानढोकाको नासलचोकमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्वेतकाली गणको दर्शन गरिसकेपछि सोही मध्यरातमा देवी नाच सम्पन्न हुनेछ ।

    नरदेवीका तुलाधर समुदायकी इष्टदेवी न्यतभूलु अजिमाको १२ वर्षे तान्त्रिक देवी नाच यसअघि २०३५ सालमा गरिएको जनाइएको छ ।

    श्वेतकालीलाई कालीहरुमध्ये शान्तदेवीकोरुपमा लिने गरिन्छ । यसरी १२ वर्षे देवी नाच प्रस्तुत् गर्दा शान्ति, सुस्वास्थ्य र विभिन्न प्रकोपहरुबाट मुक्त हुने जनविश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij