आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

दशैंका लागि ३५ हजार खसीबोका भारतबाट ल्याइँदै

  • प्रकाशित मिति : बिहिबार, भदौ २९, २०७४



  • काठमाडौं, भदौ २९ । व्यवसायीले दशैंलाई लक्ष्य गरेर ५० करोड रुपैयाँका खसीबोका भारतबाट ल्याउने भएका छन् । यहाँको उत्पादनले नथेगेपछि भारतबाट करिब ३५ हजार खसीबोका ल्याउने तयारी गरेका छन् ।

    उपत्यकामा दशैंतिहारमा करिब ५० हजार खसीबोका, भेडाच्याङ्ग्रा खपत हुने अनुमान छ । ३५ हजार भारतबाट ल्याए पनि बाँकी १५ हजार खसीबोका, भेडाच्याङ्ग्रा विभिन्न जिल्ला र तिब्बतबाट समेत ल्याइने छ ।

    दशैंतिहारमा मांशाहारीले घरघरै खसीबोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बको खसीबोका ल्याउनु पर्ने चौपाया खरिदबिक्री सेवा संघले जनाएको छ । –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij