आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

दशैंमा सिजीका टिभी किन्ने हो? यस्तो छ मूल्य र हात खाली नजाने अफर

  • प्रकाशित मिति : बिहिबार, भदौ २९, २०७४



  • दशैंमा धेरैको नयाँ टिभी खरिद गर्ने योजना रहेको हुन्छ। यसै अवसरमा विभिन्न कम्पनीले चाडपर्व लक्षित अफर सार्वजनिक गरेका छन्। तर, सार्वजनिक गरिएका ब्राण्डका अफर मूल्य पनि धेरैलाई महँगो लाग्न सक्छ।

    यस्तोमा कम मूल्यमा तपाईँले गुणस्तरीय टिभी खोज्नु हुन्छ भने सिजी कम्पनीका टिभीहरु तपाईँका निम्ति उपयुक्त विकल्प हुन सक्छन्।

    इलेक्ट्रोनिक्स सामानहरु रूपमा सबैखाले उत्पादन गुणस्तरीय मात्र नभई शुपथ मूल्यमा देशभर सहज उपलब्ध हुने भएकाले नै सिजी स्थापित हुन सफल भएको कम्पनीको दाबी रहेको छ।

    सिजी इलेक्ट्रोनिक्सको मार्केटिङ तथा ब्राण्ड व्यवस्थापनका दिवाकर नगरकोटीले सस्तो मूल्यमा गुणस्तरीय उत्पादन पाइने भएरै सिजीलाई नेपालमा रुचाइएको बताए।

    उनले दिएको विवरणका आधारमा हाल बजारमा सिजीको १८ हजार ८ सय ९० पर्ने २० इन्चको ‘डी ३३०५’ मोडलको नर्मलदेखि १ लाख ९२  हजार ९ सय ९० पर्ने ६५ इन्चको ‘डी१८०२ डी’ मोडलको युएचडी टिभीसम्म उपलब्ध छन्।

    यिनमा पनि मध्यम मूल्यका टिभीको विक्री धेरै हुने गरेको नगरकोटीले जनाए।

    यी टिभीहरुमा एक वर्षसम्मको वारेन्टी दिइएको छ।

    दशैंमा खरिद गर्दा यस्ता छन् अफर

    सिजीले दशैं र तिहारका लागि ‘दशैं तिहार २०७४ अफरः क्यास ब्याक तथा शानदार उपहार’ नाम दिएर अफर ल्याएको छ। यस अफर अन्तर्गत सिजीका टिभी तथा अन्य सामानको खरिदमा २० प्रतिशत सम्म नगद छुट र हात नखाली नजाने उपहारहरु तुरुन्तै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    नगरकोटीले चाडपर्वको शुभ अवसरमा आशिर्वाद, आत्मीयता र उपहार बाँडने परम्परालाई निरन्तरता दिन् अफर ल्याइएको बताए।

    उनले दिएको जानकारी अनुसार सिजीका २० देखि ३२ इन्चसम्मका टिभीको खरिदमा २० प्रतिशत क्यास ब्याक, ४३ इन्चका टिभीको खरिदमा मिक्सर ग्रिन्डर तथा ४९ इन्च र त्यसभन्दा माथिका टिभीको खरिदमा ‘इयोन कभर्’ स्मार्टफोन उपहार स्वरुप प्राप्त गर्न सकिनेछ।

    यो अफर भदौ १५ देखि सुरु भएको र तिहारसम्म जारी रहने उनले जानकारी दिए।

    यस्तो छ सिजीको विभिन्न इन्च क्षमताका टिभीको खुद्रा तथा अफर मूल्यः

    मोडल      प्रकार       इन्च          मूल्य (एमआरपी)     अफर मूल्य

    डी३३०५   एलइडी      २०           १८८९०                    १५०९०

    डी१५०४   एलइडी      २०           १८८९०                    १५०९०

    डी०३०३   एलइडी      २२           २०४९०                    १६३९०

    डी३२०५   एलइडी      २२           २१४९०                    १७१९०

    डी१९०५   एलइडी      २४           २२४९०                    १७९९०

    डी०३०३   एलइडी      २४           २२६९०                    १८१९०

    डी३००६   एलइडी      २४           २३०९०                    १८४९०

    डी०३०३   एलइडी      ३२           ३११९०                    २४९९०

    डी१९०५   एलइडी      ३२           ३१४९०                    २५१९०

    डी८१००   एलइडी      ३२           ३१९९०                    २५५९०

    डी४००६   एलइडी      ३२           ३२३९०                    २५८९०

    डी२७०२   स्मार्ट         ३२           ३९५९०                    ३१६९०

    डी७३००   एलइडी      ४३           ५४६९०                    ५१९९०

    डी२१०२   स्मार्ट         ४३           ५९६९०                    ५६६९०

    डी१६०२   एलइडी      ४९           ६२६९०                    ५९५९०

    डी२१०२   स्मार्ट         ४९           ७९५९०                    ७५५९०

    डी ६६०२  युएचडी     ४९           १०१८९०                 ९६७९०

    डी ७१००  एलइडी      ५५           ८१८९०                    ७७७९०

    डी २१०२  स्मार्ट         ५५           ९८३९०                    ९३४९०

    डी६६०२   युएचडी     ५५           १२५७९०                 ११९४९०

    डी१८०२   युएचडी     ६५           १८२९९०                 १७३७९०

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij