आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

अब भिसा र मास्टरकार्डबाटै बुद्ध एयरको हवाई टिकट

  • प्रकाशित मिति : बिहिबार, भदौ २९, २०७४



  • हिमालयन बैंकले सञ्चालन गरेको ई–कमर्स पेमेण्ट गेटवेको मद्धतले बुद्ध एयरका कुनै पनि गन्तव्यका  टिकट सजिलै खरिद गर्न पाइने भएको छ। बिना कुनै झञ्झट, घर, कार्यालयमै बसेर केही क्लिकका भरमा यात्रुले बुद्ध एयरको आधिकारिक वेवसाइटबाट टिकट किन्न सक्नेछन्।

    यसअघि यो सुविधा विदेशी यात्रुलाई मात्रै थियो भने अबदेखि नेपाली यात्रुका लागि पनि सेवा खुला गरिएको बुद्ध एयरले जनाएको छ।

    भिसा तथा मास्टरकार्डको मद्दतले नेपालीसँगै भारतीयले पनि टिकट खरिद गर्न सक्नेछन्। नेपाली, भारतीय, शरणार्थी तथा लामो समयसम्म नेपालमै बस्ने यात्रुले पनि नेपाली रूपैयाँमै टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

    अन्यले भने अमेरीकी डलरमा खरिद गर्नुपर्ने हुन्छ। यसरी टिकट खरिद गर्दा यात्रुले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने नपर्ने कम्पनीले बताएको छ।

    बुद्ध एयरको मोवाइल एपबाट उडान तालिका तथा सस्तो भाडादरबारे पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

    बुद्ध एयरले २ बीच एयरक्राफ्ट तथा ७ एटिआर जहाजबाट मुलुकभर हवाई सेवा उपलब्ध गराउँदै आएको छ। देश बाहिर भारतको वाराणशी नियमित र भुटानको पारो चार्टड उडान गरिरहेको छ।

    आउँदो अक्टोवरमा यसले सेवा सञ्चालनको २ दशक पुरा गर्दैछ। बुद्ध एयरले गत वर्ष मात्रै १२ लाख यात्रुलाई हवाई सेवा प्रदान गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij