आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३०, २०७४



  • कपिलवस्तु । कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ ।

    पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु भएको हो ।

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी नायब निरीक्षक थमन खत्रीले जानकारी दिए ।

    ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij