शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

चारहजार व्यापारी कारबाहीमा

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • काठमाडौँ । आर्थिक वर्ष २०७२-७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौलयन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ ।

    व्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका आधारमा अनुसन्धान गर्दा दोषी पाइएका चार हजार १४९ व्यापारीलाई कारबाही गरेको कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिनुभयो । मिटर बिगारेर उपभोक्तालाई ठगी गर्ने व्यापारीको सङ्ख्या उपत्यकामा अत्यधिक रहेको पाइएको छ ।

    “ठग्ने व्यापारीलाई कानुनी दायरामा ल्याउँछौँ,” उहाँले भन्नुभयो । कार्यालयले गत आवमा तीन हजार २२७ व्यापारीलाई नाप्ने तौलने यन्त्रको अनुमति र ५७ वटा कम्पनीलाई इजाजतपत्र दिएको जनाएको छ ।

    यस्तै आठ हजार ३७८ व्यापारीले कार्यालयमा गएर नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँचपास गराएका छन् । कार्यालय प्रमुख यादवकाअनुसार सोही आवमा ३७० पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij