आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

नेपालमै १२ ज्योतिर्लिंग

  • प्रकाशित मिति : शनिबार, भदौ ३१, २०७४



  • सत्ययुगमा धपधपी बल्ने विश्वास गरिएका शिवजीका बाह्र लिंग नेपालमा फेला परेका छन्। नेपाली १२ ज्योतिर्लिंग दर्शनार्थ भारतका विभिन्न स्थानमा धाउँदै आएका छन्। भगवान् शिव (शंकर) का साक्षात् अवतार भएकाले ज्योतिर्लिंगको दर्शन र पूजाआजाले पुण्य प्राप्ति हुने शास्त्रमा उल्लेख छ। १२ ज्योतिर्लिंगको दर्शन र पूजाआजा गर्दा तत्कालीन राजालगायतले पाएका फलबारे १२ वटै कथा पनि शास्त्रमा वर्णन गरिएका छन्। यो खबर गोपिकृष्ण ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।

    नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले स्कन्द पुराणको मानस खण्ड, हिमाद्री बराह पुराण र शिव पुराण अध्ययन गरी ०७२ कात्तिकदेखि हालसम्म स्थलगत अवलोकनबाट नेपालमै १२ ज्योतिर्लिंग रहेको तथ्य पहिलोपटक पत्ता लगाएका हुन्। उनका अनुसार दार्चुलामा मल्लिकार्जुन, दार्चुलाकै नाघुमा नागेश्वर, महाकाली नदीतटमा विश्वनाथ, महाकाली र सरयू नदीतटमा रामेश्वरम्, बैतडीको रावलाद्री पर्वतमा केदारनाथ, अछामको साफेबगरमा वैद्यनाथ, मुस्ताङको शालग्राम क्षेत्रमा सोमनाथ, कौशिकी नदीको तट दोलखामा भीमाशंकर, खोटाङ रेवा नदीतटमा ओमकारेश्वर, सिन्धुलीको गौतमी नदीतटमा त्र्यम्बकेश्वर, तमोरी (ताप्लेजुङ) र काबेली (पाँचथर) नदीको संगमको गुफामा महाकालेश्वर र हिमालयबाट प्रकट भएको घुस्मा नदीतट (खोजी भइरहेको) मा घुस्मेश्वर ज्योतिर्लिंग फेला परेका हुन्।

    भारतको उत्तराखण्डमा केदारनाथ, उत्तरप्रदेशको विश्वनाथ, झारखण्डको वैद्यनाथ, मध्यप्रदेशको ओमकारेश्वर र महाकालेश्वर, महाराष्ट्रको घुस्मेश्वर, त्र्यम्बकेश्वर र भीमाशंकर, गुजरातमा नागेश्वर र सोमनाथ, तमिलनाडुमा रामेश्वरम् र आन्ध्र प्रदेशमा मल्लिकार्जुन गरी १२ ज्योतिर्लिंग स्थापित रहेको मानिन्छ। प्राचीनकालदेखि अस्तित्वमा रहेका १२ ज्योतिर्लिंग विभिन्न कालखण्डमा पुनःस्थापन गरिँदै आएको छ।

    जगद्गुरु बालसन्तले १८ पुराणमध्ये स्कन्द पुराणमा नेपालमा रहेका ज्योतिर्लिंगबारे उल्लेख र वर्णन गरिएको जानकारी दिए। ‘भारतका ज्योतिर्लिंगका विषयमा शिव पुराणमा बताइएको छ, बरु तिनका बारेमा केही कुरा शंकास्पद छन्’, उनले अन्नपूर्णसँग भने, ‘तर नेपालका ज्योतिर्लिंगका विषयमा स्कन्द पुराणको मानस खण्ड, हिमाद्री बराह पुराण र शिव पुराणले प्रस्ट ढंगले ठाउँ, नदीकिनार र ज्योतिर्लिंगको नाम किटान गरेको पाएँ।’

    नेपाल र नेपालीको शिर उचो बनाउन जगद्गुरुले नेपालका ७५ जिल्लालाई समेटेर महाकालीको कञ्चनपुरस्थित शारदापीठको भम्केनीधाममा प्रतीकस्वरुप ७५ फिट अग्लो ‘नेपाल आमा’ को अष्टधातुको मूर्ति बनाउन लागेका छन्। उक्त मूर्तिमा सबैको अपनत्व होस् भनी प्रत्येक नेपालीको कम्तीमा एक रुपैयाँ भए पनि लगानी होस् भनेर उनले महाकालीदेखि मेचीसम्मको पैदलयात्रा गरिरहेका छन्। ‘मैले १२ ज्योतिर्लिंगबारे अध्ययन गरी तत्तत् ठाउँमा तिनको अस्तित्व फेला पारेको हुँ’, उनले थपे, ‘अनुसन्धानका क्रममा मेलम्ची इन्द्रावती गौतमी भीमाशंकर, त्र्यम्बकेश्वरजस्ता महत्र्वपूर्ण ज्योतिर्लिंग र गंगाहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।’

    जगद्गुरु बालसन्त सिन्धुलीको त्र्यम्बकेश्वरलाई प्रवद्र्धन गर्न शनिबार गौतमी नदी पुग्दै छन्। उनले अन्नपूर्णसँग भने, ‘यी सबै १२ ज्योतिर्लिंगका लागि संरचना निर्माणदेखि ती ठाउँमा बाटो निर्माण गरी विश्वका करोडौं हिन्दु धर्मावलम्बीलाई सूचना पुग्ने गरी सरकारले प्रचारप्रसार गरे नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेछ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij