आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

आवासका लागि सहयोग समूहद्वारा २४७ घर हस्तान्तरण

  • प्रकाशित मिति : शनिबार, भदौ ३१, २०७४



  • आवासका लागि सहयोग समूह (लुमन्ती)द्वारा निर्माण गरिएका भूकम्पप्रतिरोधात्मक घर शुक्रबार एक कार्यक्रमबीच २४७ जना भूकम्पपीडित परिवारलाई हस्तातरण गरिएको छ ।

    कोन्ज्योसोम गाउँपालिका– ३ दलचोकीमा निर्माण गरिएका घर स्थानीय बासिन्दालाई हस्तातरण गरिएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर संख्यामध्ये २४७ जनाले नयाँ घर पाएका छन् ।

    सो अवसरमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले भूकम्पपीडितलाई लुमन्तीले घर तयार पारेर हस्तान्तरण गरेको कार्य प्रति सराहना गरे । संस्थाका परियोजना कार्यक्रम संयोजक तुलसीकुमार कवैकाअनुसार ललितुरको सिद्धिपुर, थेचो, चाँपागाउँ, लेले, झरुवाराशी र दलचोकीमा भूकम्पप्रतिरोधात्मक घर निर्माण कार्य भइरहेको छ ।

    दलचोकीमा निर्माण भएका गरिएका प्रत्येक घरका लागि संस्थाका तफबाट रु दुई लाख उपलब्ध गरेको उनले बताए । उनकाअनुसार भूकम्पपीडितका लागि एक हजार ३०० घर बनाउने लक्ष्य छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij