आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

एनआरएन ‘युएई’को अध्यक्षमा श्रेष्ठ

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • ‘गैर आवासीय नेपाली संघ युएई’ को अध्यक्ष पदमा रमेश श्रेष्ठ निर्वाचित भएका छन्।

    शुक्रबार सम्पन्न सातौ अधिबेशनले श्रेष्ठलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो।

    डेरा दुबईको काल्टन होटेलमा सम्पन्न अधिवेशनमा आईसिसी सदस्य, अध्यक्ष, त्यस्तै तीन जना उपाध्यक्ष, एक महासचिव र एक कोषाध्यक्ष पदका लागि निर्वाचन भएको थियो।

    एनआरएन युएईको ०१७-०१९ कार्यकालका लागि अध्यक्षमा रमेश श्रेष्ठ र शालिक सुबेदीले उम्मेद्बारी दिएका थिए। जसमा रमेश श्रेष्ठले १६३ मत र शालिक सुबेदीले १०८ मत प्राएका थिए।

    शुक्रबार बेलुकासम्म चलेको निर्वाचनममा श्रेष्ठले ५५ मत अन्तरमा सुबेदीलाई पछाडि पार्दै निर्वाचित भएका हुन्।

    त्यस्तै तीन उपाध्यक्षका लागि पाँच जनाको उम्मेद्बारी परेको थियो। जसमा नेत्र प्रसाद शर्माले २४३ मत, बालकृष्ण मरासिनीले १७७ मत र निर्मल कुमार पोखरेलले १६० मत प्राप्त गरि बिजयी भए।

    महासचिवमा कृष्ण पौडेल १ सय ७२ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी निश्चल दाहालले ९७ मत प्राप्त गरे। सचिव पदका लागि राजेश बोहोरा र मिलबहादुर गुरुङको मात्रै उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भए। कोषाध्यक्षमा राजु केसी १ सय ७३ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी बालकृष्ण अधिकारीले ९५ मत मात्रै पाए।

    युवा सञ्जाल प्रतिनिधिमा भने नविन पौडेल र महिला सञ्जाल प्रतिनिधिमा मोतीकुमारी राई निर्विरोध  भएकाले चुनावी प्रस्तिपर्धा गर्न परेन।

    एनआरएन एनसिसी युएईको नयाँ कार्य समिति  सदस्यमा टंकबहादुर गुरुङ, तोरणदत्त सुवेदी, दुर्गाप्रसाद काफ्ले, लक्ष्मण काफ्ले, केशब शर्मा नेपाल, जीवन दास, धर्मेन्द्र  गैजुमर, राजन खतिवडा, शमशेर योन्जन, ओमप्रसाद उप्रेती, दिनेश पराजुली, महमद शमिम, बिदुर न्यौपाने निर्विरोध निर्वचित भए।

    निर्वाचनमा कुल मतदाता संख्या २८९ रहेकोमा जम्मा २७३ मत खसेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij