प्रकाशित मिति : आइतवार, अशोज १, २०७४
बर्षात वली , दाङ । घोराही उपमहानगरपालिका १४ मा रहेको स्वर्गद्वारी आश्रमको जग्गामा संचालनमा आएको अटोभिलेजको छेउमा स्थापना गरिएको बिस्वकर्माबाबाको मन्दिरमा भब्यरुपमा बिस्वकर्मा बाबाको पुजा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
पुजा ब्यबस्थापन समितिका संयोजक अटोब्यबशायी रत्न राम बन्जाराको अध्यक्षता भएको कार्यक्रममा टाउन ब्यबस्थापन समितिका उपाध्यक्ष घनश्याम बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।
कार्यक्रममा नेपाल अटो मेकानिक ब्याबशायी महासंघका केन्द्रीय सदस्य ज्ञान् बहादुर फौजदार, ईमेज च्यानलका सागर वली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद तथा स्वागत टाउन ब्यबस्थापन समितिका सचीव युबा ब्याबशायी दुर्गा खत्रीले गर्नुभएको थियोे ।
कार्यक्रमको सहजीकरण दुर्घटना न्यूनीकरण अभियन्ता डाक्टर लोकराज पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा करिबकरिब ५०० अटोब्यबशायीहरुको उपस्थिति रहेकोे थियो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij