आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता

  • प्रकाशित मिति : सोमवार, अशोज २, २०७४



  • काठमाडौं । आन्तरिक राजस्व विभागले आफूअन्तर्गत्का कार्यालयहरुमार्फत् बजार अनुगमनलाई तीव्रता दिएको छ ।

    विभागअन्तर्गतका ३६ ओटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३–३ ओटा टोली परिचालन गरिएको विभागले जनाएको छ ।

    बजार अनुगमन विभागको नियमितकार्य भएको जनाउँदै दसैं, तिहारजस्ता चाडबाडको समयमा बढी कारोबार हुने र सोक्रममा बिलविजक जारी नहुने गुनासो धेरैतिरबाट आउने भएकाले गत वर्षजस्तै यो वर्ष पनि बजार अनुगमनलाई तीव्रता दिइएको विभागले जनाएको हो ।

    भदौ २७ देखि ३० गतेसम्म चार दिनमा २३४ टोलीबाट १९५१ ओटा करदाताको अनुगमन गरी कर कानुन पालना नगर्ने ३०२ करदातालाई जरिवाना तथा अन्य कानुनी कारबाही गरेको विभागले जानकारी दिएको छ ।

    विभागले बजारमा बिलविजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा अझ कडारुपमा प्रस्तुत् हुने चेतावनी दिनुका साथै बजार अनुगमनलाई वर्षैभरि निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij