आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

एकै दिन २०९ कर्मचारी सरुवा भएपछि सेवा प्रवाहमा समस्या

  • प्रकाशित मिति : सोमवार, अशोज २, २०७४



  • भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गतका २०९ कर्मचारी एकैपटक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला मालपोत कार्यालयबाट सेवा प्रवाह गर्न असजिलो हुने भएको छ ।

    सामान्य प्रशासन मन्त्रालयले भदौ १४ गते भूमि सुधार मन्त्रालयका दुई जना उपसचिवसहित विभिन्न जिल्ला मालपोत कार्यालयमा कार्यरत खरदार, सुब्बा र शाखा अधिकृत गरी २०९ कर्मचारी एकैपटक संघीय मामिला मन्त्रालयमा सरुवा गरेको थियो ।

    भूमि सुधारमा कर्मचारी नभएका कारण सेवा प्रवाह गर्न नसकिने अवस्था आएको हो ।  भूमि सुधार मन्त्रालयका निमित्त सचिव शंकरबहादुर थापा मन्त्रालयमै प्रथम श्रेणीका तीन जना प्राविधिक पद रिक्त भएकाले नियमित कार्य सम्पादनमा समस्या रहेको बताउँछन् । ‘सामान्य प्रशासनले भूमि सुधारसँग सल्लाह नगरी मालपोत र नापी कार्यालयका कर्मचारी अन्यत्र पठाउँदा जनताको भीड हुने कार्यालयको सेवा प्रवाह रोकिने अवस्था छ, एकजना उपसचिवले मन्त्रालयको सातवटा शाखा चलाउनुपर्ने भएको छ’– उनले भने ।

    भूमि सुधार तथा व्यवस्थापन विभागका महानिर्देशक टीकाराम घिमिरे जिल्लामा सेवा प्रवाह गर्ने शाखा अधिकृत, सुब्बा र खरिदारको अन्यत्र सरुवा भएपछि जिल्ला मालपोत कार्यालय बन्द हुने अवस्था आएको भनी धेरै जिल्लाबाट खबर आइरहेको सुनाउँछन् । संघीयता कार्यान्वयनका लागि १६ हजार थप कर्मचारी आवश्यक भएकामा एक हजार पनि पुर्‍याउन नसकिएको संघीय मामिला मन्त्रालयको भनाइ छ । यस सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता र सूचना अधिकारीसँग प्रतिक्रिया माग्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij