आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

तीन छात्रालाई साबित्रा स्मृति छात्रवृत्ती पुरस्कार

  • प्रकाशित मिति : सोमवार, अशोज २, २०७४



  • पद्मकन्या क्याम्पसकी प्राध्यापक साबित्रा पन्तको नाममा स्थापित छात्रवृत्ती पुरस्कार तीन जनालाई प्रदान गरिएको छ।

    पद्मकन्या क्याम्पसको ६७ औ वार्षिकोत्सबको आवसरमा पन्तको स्मृतिमा स्थापित अक्षयकोषबाट ३ जना छात्राहरुलाई पुरस्कार बितरण गरिएको हो।

    पद्मकन्या क्याम्पसमा प्राध्यापनरत साबित्रा पन्त २०७३ चैत मसान्तको दिन डोटी जिल्लामा भएका कार दुर्घटनामा परी मृत्यु भएको थियो।

    पन्तको सम्झनामा उनका श्रीमान हेरम्बराज पन्तले पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका थिए।

    जनसंख्या विभागमा प्राध्यापनरत पन्तको स्मृतिमा सोहि क्याम्पसबाट जनसंख्या संकायको बि.ए. र एम.ए. मा सर्बोत्कृष्ट अंक ल्याउने एक एक जना र एम.ए. जनसंख्या विषयमै सर्वोत्कृष्ट सोधपत्र (थेसिस) तयार पार्ने एक जना गरी जम्मा तीन जना छात्राहरुलाई प्रत्येक वर्ष जनही पाँच हजार, दश हजार र पच्चीस हजार र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।

    छात्रवृत्ति पुरस्कार अक्षयकोषका संस्थापक हेरम्बराज पन्त र क्याम्पस प्रमुख प्रा.डा. रेणुका जोशीले कुसुम लामा (बि.ए. जनसंख्या) र रिजु पराजुली (एम.ए. जनसंख्या)लाई हस्तान्तरण गरे।

    कोषका अध्यक्ष तथा जनसंख्या विषयका उप प्राध्यापक भगवती सेढाईका अनुसार अक्षय कोष यसै वर्ष स्थापित भएकोले उक्त पुरस्कार रकम संस्थापक पन्तले यस वर्षका लागि अतिरिक्त प्रदान गरेका हुन्।

    साथै यसवर्षको एम.ए. जनसंख्या विषयको थेसिसको नतिजा आउन बाँकि भएको सर्वोत्कृष्ट थेसिसको लागि छुट्टयाईएको पुरस्कार पछि प्रदान गरिने भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij