आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

कम पारिश्रमिक दिएको भन्दै गुगलविरूद्ध महिला कर्मचारीद्वारा मुद्दा

  • प्रकाशित मिति : सोमवार, अशोज २, २०७४



  • गुगलविरुद्ध तीन जना महिला कर्मचारीले मुद्दा हालेका छन्। समान काम गर्ने भए पनि पुरुष कर्मचारीको तुलनामा आफूहरुलाई कम पारिश्रमिक दिएको भन्दै उनीहरुले मुद्दा हालेका अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।

    गत मंगलबार क्यालिफोर्निया अदालतमा दायर गरिएको मुद्दामा गुगल समान पारिश्रमिकको मापदण्डबारे जानकार भए पनि व्यवहारमा उतार्न नसकेको आरोप छ।

    विश्वकै अग्रणी प्रविधि कम्पनीमै समान पारिश्रमिक मापदण्ड लागू नहुनु लज्जास्पद भएको विश्लेषकहरुको भनाइ छ।

    विधिमा जति नै अघि बढे पनि महिला कर्मचारीको हकमा गुगल २१ औं शताब्दीमै प्रवेश गर्न नसकेको मुद्दामा संलग्न वकिल केली एम डरमोडीले बताएका छन्।

    गुगलले भने यो आरोप अस्वीकार गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij