आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

छयालीस हजार यात्रुद्वारा टिकट बुकिङ

  • प्रकाशित मिति : मङ्लबार, अशोज ३, २०७४



  • टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् ।

    दशैंका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।

    देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् ।

    यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैंका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउनुहुन्छ । ‘सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट काटेका छैनन्,’ उनले भने । गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ।

    बाटोको दुरावस्था र वर्षाका कारण दशैं आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ । विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्रु दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने सम्भावना छ ।

    विभागका प्रवक्ता डा टोकराज पाण्डे १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायातका साधन र पाँचदेखि छ लाख यात्रु निजी यातायातका साधनमा बाहिरिने बताउँछन् । ‘टिकट वितरणमा कुनै समस्या छैन,’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij