प्रकाशित मिति : बिहिबार, अशोज ५, २०७४
मधु पौडेल , बाँके । सवैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने नाराका साथ आज नेपालगंजमा मानव अधिकार रक्षकका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय ,नेपालगंजको आयोजनामा नेपालगंजमा रहेको विभिन्न संघसंस्था प्रतिनिधिहरुको उपस्थितिमा उक्त अभिमुखिकरण कार्यक्रम भएको हो ।

विषेश गरी संस्थामा मुख्य प्रतिनिधि भन्दा पनि अन्यको लागि भनेर आयोजना गरीएको अभिमुखिकरण कार्यक्रममा उल्लेख सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगंजका क्षेत्रिय प्रमुख मुरारी खरेल , आयोग कै मानव अधिकार अधिकृत द्धारिका अधिकारी , लक्ष्मी पौडेल र मान बहादुर कार्की तथा गैरसहकारी संस्था महासंघ बाकेका कार्यवाहक अध्यक्ष सपना भट्टराई लगाएले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण आयोगका मानव अधिकार अधिकृत तथा सुचना अधिकार टंक खनाले गर्नु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij