शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

नदीमा फोहर नफाल्न माग

  • प्रकाशित मिति : सोमवार, साउन १७, २०७३



  • मेलम्ची– मेलम्ची नगरपालिकाले फोहर व्यवस्थापन गर्न इन्द्रावती नदी किनारामा निर्माण गरेकोे डम्पिङ साइडभित्रै खोला पसेपछि नदीको स्वरुप बिग्रीदै गएको छ ।

    नगरपालिकाबाट सङ्कलित फोहरमैला डम्पिङ क्षेत्रको रुपमा मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारमा खनेको अस्थायी खाल्डोमा अहिले पानीको भल पसेको हो ।
    नगरपालिका जस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा खाल्डो खनेको र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयले नदीको किनारमा फोेहरको खाल्डो खनेकोप्रति विरोध गरेर अहिलेसम्म फोहर फाल्न दिएका छैनन् ।

    नगरपालिकाले खाल्डो खन्नको लागि रु तीन लाख रकम निकासा गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । वातावरण दिवसको अवसर पारेर मेलम्ची नगरप्रमुख पूर्ण दुलालको अगुवाइमा सो खाल्डोमा फोहर फाल्न लागिएको थियो ।

    यसरी मेलम्ची नगरपालिकाले नदी किनारमा खाल्डो खन्नु गलत भएको र खाल्डो खन्नको लागि लागेको रु तीन लाखको प्रभावकारी प्रयोग नभएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

    “यसरी इन्द्रावती नदीमा आएको पटक पटकको बाढीले फोहर फाल्न खनिएको खाल्डोमा बाढी पसेर पानी जम्ने गरेको मेलम्ची नगरपालिकाका स्थानीय विष्णु धितालले बताए ।”

    त्यसैगरी स्थानीयवासी मानबहादुर खड्काले नदी किनार र बस्तीको नजिक फोहर जम्मा गर्दा स्थानीयलाई असर गर्ने धारणा राखे ।

    नगरबाट सङ्कलन फोहर जथाभावी नदी किनारमा डम्पिङ गर्दा वातावरण प्रदूषण यसको दीर्घकालीन असर समेत पर्ने कुराको बेवास्ता गरी नगरपालिकाले आफूखुसी स्थानीय बासिन्दालाई समेत बिना जानकारी खाल्डो खनेको र खाल्डो खन्नको लागि लागेको रकमको विवरण प्रष्ट पार्नुपर्ने धितालले माग गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij