शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आजको दिन मधेशीका लागि कालो दिनः मोर्चा

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • परासी  ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउँदै छ । मोर्चाको घोषित विरोध कार्यक्रम अनुसार आज विहान ७ बजे जिल्लाको सदरमुकाम परासीको बुद्धचोकमा टायर बाल्दै विभिन्न ठाउँमा कालो झण्डा बाँध्ने र नाराबाजी सहित विरोध प्रदर्शन गरिएको छ ।

    यता सरकारी निकायहरुले संविधान दिवसको अवसरमा विहान प्रभात फेरि ¥याली निकाले संगै मोर्चाले पनि आफ्नो विरोधको कार्यक्रम पनि अगाडी सारेको हो । संविधान नेपाली जनताको हकमा मात्र सिमित रही मधेशी जनताको हक–अधिकारलाई सुनिश्चित नगरेको संघिय मधेशी फोरम नेपालका अध्यक्ष धरेन्द्र यादवले आरोप लगाए ।

    संविधान घोषणा भएदेखि नै आन्दोलनमा उत्रिएको मोर्चाले विभिन्न धनज्यानको क्षति समेत व्यहोर्दै आएको छ । संविधान संशोधान र विभिन्न सहमतिको नाममा झुक्याउदै आएको सरकारले अझैपनि संविधानमा मधेशी जनताहरुको हक–अधिकार सुनिश्चित नगरेको मोर्चाका संयोजक मुकुर गिरीले आरोप लगाए ।

    मोर्चाले आज कालो दिनमा विहान टायर बाल्ने, कालो झण्डा बाध्ने र नाराबाजी सहित विरोध प्रदर्शन गरेको छ भने दिउसा १२ बजे ठुलो विरोध ¥याली निकाली कोणसभा गर्ने र साँझ ७ बजेदेखि ८ बजेसम्म मोर्चाले ब्लोआउट (बत्ती निभाउने) कार्यक्रम गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij