आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

  • प्रकाशित मिति : शनिबार, अशोज ७, २०७४



  • पाल्पा, असोज ७ । पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ ।

    पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।

    आज बिहान करिब ९ः३० बजेको समयमा गुडिरहेको गाडीमाथि एक्कासि पहिरो खस्दा दुर्घटना भएको हो ।

    पाल्पाबाट बुटवल जाँदै गरेको ना३ख ६१९१ नंको ट्रक र लु१च ७९९४ नंको कार पहिरोमा पुरिएको छ । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

    पहिरोमा के कति मानिस पुरिए भन्ने पूरा विवरण नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अवरुद्ध बाटो खुलेको केही समयलगत्तै घटना भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij