आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

विदेसिनेको संख्या घटे पनि रेमिट्यान्स बढ्यो

  • प्रकाशित मिति : शनिबार, अशोज ७, २०७४



  • कामका लागि विदेसिनेको संख्या घट्दै जाँदा भित्रिने रेमिट्यान्स भने बढेको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यस साउन महिनामा श्रम स्वीकृति लिई विदेसिनको कुल संख्या ३१ हजार ३०९ रहेको छ। जवकि गत वर्षको साउनमा यो संख्या ३५ हजार ४८५ थियो। समिक्षा अवधिमा कामका लागि विदेसिनेको संख्या ११. ८ प्रतिशत अर्थात ४ हजार १७६ ले घटेको छ।

    अघिल्लो वर्ष पनि विदेसिनको संख्यामा ६. ९ प्रतिशतले घटेको थियो। यस साउन महिनामा विदेसिने नेपाली कामदारमध्ये पनि सबैभन्दा धेरै मलेसिया गएका छन्। सो मुलुकमा ११ हजार २३१ नेपाली श्रम स्वीकृति लिई पुगेको वैदेशिक रोजगार विभागको तथ्याङ्कलाई उदृत गर्दै राष्ट्र बैंकले जनाएको छ।

    गत वर्षको साउनमा भने साउदी अरबमा सबैभन्दा धेरै अर्थात १० हजार ७८८ नेपाली गएका थिए। यो वर्ष मलेसियामा एकाएक धेरै नेपाली पुग्नुमा त्यहाँबाट माग बढ्नु नै प्रमुख कारण रहेको म्यानपावर व्यवसायीहरु बताउँछन्।

    कामका लागि विदेसिनको संख्या घटे पनि आउने रेमिट्यान्स रकम भने बढेको देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेकै तथ्याङ्कलाई आधार मान्दा यस साउन महिनामा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स रकम भित्रिएको छ। जुन गत साउनको तुलनामा ७ प्रतिशतले बढी हो।

    रेमिट्यान्सको वृद्धिदर पनि यो पटक बढेको देखिएको छ। जवकि अघिल्लो साउनमा रेमिट्यान्सको रकम समिक्षा अवधिको तुलनामा २. ५ प्रतिशतले घटेको थियो।

    त्यस्तै ‘फ्रि भिसा फ्रि टिकट’ कार्यान्वयनको जटिलताले पनि कतार, दुबईजस्ता मुलुकमा जाने नेपालीलाई असर परेको व्यवसायीहरुले बताएका छन्। वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङ फ्रि भिसा फ्रि टिकट, भिएलएन, माइग्राम्स, ओएससी, आइएससी जस्ता कारणले व्यवसायमा कठिनाई हुँदा त्यसले वैदेशिक रोजगारमा पनि असर परेको बताउँछन्।

    वैदेशिक रोजगारलाई समयानुकुल सहज बनाउन सबैले आफ्नो तर्फबाट प्रयास गर्नुपर्ने उनको भनाइ छ। वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घट्दा पनि रेमिट्यान्स बढ्नुको प्रमुख कारण विदेसिएका नेपालीहरुको आय बढ्नु नै प्रमुख कारण रहेको व्यवसायीहरुको भनाइ छ।

    ‘पछिल्लो पटक जानेहरु तालिम लिएर, राम्ररी बुझेर राम्रो पारिश्रमिकमा मात्रै जान थालेका छन्, अर्कोतर्फ त्यहाँ भइरहेका नेपालीको आय पनि बढ्दै गएको छ, जसले गर्दा कामदार घटे पनि रेमिट्यान्समा असर नदेखिएको हो’ अर्का एक व्यवसायीले भने।

    उनका अनुसार तालिमप्राप्त दक्ष कामदार विदेशमा पठाउन सक्ने हो भने त्यसले रेमिट्यान्स क्षेत्रलाई थप मजबुत बनाउने छ। ‘तालिमप्राप्त दक्ष कर्मचारीको माग पनि बढी हुने गर्दछ भने तलव तथा सुविधा पनि धेरै हुन्छ, जसले गर्दा भोलिका दिनमा त्यसले रेमिट्यान्समै प्रभाव देखिने हो’ उनले भने।

    यद्यपी अवका दिनमा भने वैदेशिक रोजगार र रेमिट्यान्स दुवैमा केही जटिलताहरु थपिएको उनले बताए। यहाँको आन्तरिक ऐन नियम कार्यान्वयनमा जटिलता र खाडी मुलुकबाट कामदारको माग घटेकाले यसले आगामी दिनमा असर पर्न सक्ने उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij