आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

डा. गोविन्द केसी ११ बजेदेखि अनसन बस्ने

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले त्रिवि शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा. गोविन्द केसी आजदेखि १२औं अनसन बस्ने भएका छन्।

    माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा. केसीले बताए।

    ‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी लामो अभियानमा भएको तथा सरकारले बारम्बार सम्झौता उल्लंघन गरेर सीमित व्यवसायी र माफियाहरूको स्वार्थमा काम गरिरहेको कुरा बिदितै छ। यस क्रममा अहिले जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा ऐन जारी गर्न प्रयास भइरहेको पुष्टी भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ यो अवस्थामा स्वास्थ्य क्षेत्रमा दीर्घकालिन हानी पुग्ने गरी ऐन आउनबाट रोक्न आवश्यक भएकाले आजै दिनको ११ बजेदेखि सत्याग्रह कार्यक्रम सुरू गर्ने घोषणा गर्दछौ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij