आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

घर बनाउन चाहे एनआइसी एशियाले ३ दिनमै ऋण दिने

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • एनआईसी एशिया बैंक लिमिटेडले घर कर्जा विशेष योजना ल्याएको छ। नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पुर्‍याउने उद्देश्यले नयाँ योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए।

    बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरु सामु ल्याएको हो ।

    यस योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भइसक्ने व्यवस्था गरिएको छ ।

    यो योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर शुल्क लाग्ने छैन ।

    साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन गरिने छैन ।

    कर्जाका लागि अनलाइनबाटै बैंकको बेवसाइट मार्फत कर्जाको रकम जाँच गरी आवेदन दिन सकिनेछ । यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार कर्जा प्रदान गरिनेछ ।

    यस बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि सम्मको अवधि हुनेगरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी) अत्यन्त फिक्सेबल विशेषताहरु समेत समेटी घर कर्जा र सवारी साधन कर्जाको कम्बो प्रोडक्ट को रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ ।

    यस बाहेक पनि सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने छ ।
    उपरोक्त उल्लेखित प्रकारको उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको घर कर्जा लोन जारी गर्ने एन आई सी एशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक हो ।

    ‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र भएकाले मौकाको फाइदा उठाउन सम्पूर्ण ग्राहक महानुभावहरुलाई सो बैंकले आब्हान गरेको छ। त्यस्तै बैंकले समुन्नती बचत खातामा वार्षिक ९ प्रतिशत व्याज प्रदान गर्दै आएको छ ।

    बैंकको हालसम्म १२५ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउण्टरहरु र ११९एटिएम सञ्जालहरु सञ्चालनमा छन् । शाखा सञ्जाल, ग्राहक आधार र वासलातको आकार लगायतको दृष्टिकोणले एन आई सी एशिया बैंक देशकै अग्रणी बैंक मध्ये एक हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij