प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४
काठमाडौँ । जनवादी गणतन्त्र चीन स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसरमा आज नेपालस्थित चिनियाँ दूतावासले विशेष समारोहको आयोजना गरेको छ । 
सो अवसरमा सभामुख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, समारोहमा राजनीतिक दलका नेताहरुमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा प्रकाशशरण महत, डा रामशरण महत, नेकपा ९माओवादी केन्द्र० का नेता नारायणकाजी श्रेष्ठ, नेकपा ९माले० का महासचिव सीपी मैनाली, नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताको उपस्थिति थियो ।
समारोहमा सुरक्षा निकायका प्रमुखहरु, प्राज्ञ, कलाकार, व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६२ औँ वर्ष अत्यन्तै सुमधुर, पारस्परिक सद्भाव, विश्वास, एकअर्काबीच सार्वभौमिकताप्रतिको सम्मान दुवै मुलुकबीच न्यायपूर्ण सम्बन्धको कडी भएको बताइन् ।
उनले ‘वान बेल्ट वान रोड’ को समझदारी पत्रमा हस्ताक्षर, नेपालका बाढीपीडितलाई चिनियाँ सरकारबाट रु १० लाख अमेरिकी डलर सहयोगलगायत थुप्रै समझदारीपत्रमा हस्ताक्षर हुनुले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धको पुष्टि गर्ने उल्लेख गरिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij