आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सिद्धलेक,पित्लेक र कुन्छाल गाउँलाई गाउँ पर्यटन वर्षको रूपमा घोषणा

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • ३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले तीन पर्यटकीय गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेको छ।

    विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटाले सामुहिक रुपमा तीन गाउँको घोषणा गरेका हुन्। उनीहरुले धादिङको सिद्धलेक सलाङ गाउँ, स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेका हुन् ।

    सन् २०१७ र ०१८ का लागि सो गाउँमा पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गाउँ पर्यटनको रुपमा घोषणा गरिएको भिटोफका अध्यक्ष रामप्रसाद सापकोटाले बताए।

    तीन गाउँ पर्यटनका दृष्टिले अति मनमोहक, स्थानीय परिकार र सँस्कृतिको संरक्षण तथा अतिथि सत्कार लोभलाग्दो रहेका कारण दजनौं गाउँबाट ती गाउँ छानिएको अध्यक्ष सापकोटाको भनाइ छ ।

    तीनै गाउँमा होमस्टे सञ्चालनमा रहेको छ। सलाङ गाउँमा आमकोट र मैदान गरि २६ घरधुरी, कुन्छालमा ४ घरधुरी र पित्लेकमा ७ घरधुरीमा होमस्टे सेवा रहेको छ ।

    ती गाउँमा पर्यटन प्रबद्र्धनका लागि भोलिदेखि नै काम सुरु गर्ने बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij