प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४

जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी निरीक्षक विजयराज पण्डितले स्थानीयवासीले उक्त ट्रक नियन्त्रणमा लिइदिन भनेपछि आवश्यक कानुनी कारवाहीका लागि जिल्ला पशुसेवा कार्यालयमा पठाइएको जानकारी दिए । सिन्धुपाल्चोक जिल्ला पुल्ङिकट्टी–६ स्थायी घर भएका भीमबहादुर सोनारको नाउँमा लक्ष्मी चौपाय सप्लायर्स रहेको संलग्न कागजपत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी हेटौँडा उपमहानगरपालिका–१९ बाट भेटेरिनरी प्रमाणपत्र, घरेलु तथा साना उद्योग विकास समिति र आन्तरिक राजश्व विभागमा समेत दर्ता भएको प्रमाणपत्र रहेको छ ।
जिल्ला पशुसेवा कार्यालय तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा दीर्घनाथ ढुंगानाले क्षेत्रीय कार्यालयदेखि विभाग केन्द्रसम्म यस विषयमा सम्पर्क गरी जानकारी लिँदा आवश्यक कागजपत्र सबै खुलेको अवस्थामा वैधानिक रहेकाले रोक्न नमिल्ने बताए ।
ब्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले गोरु जोत्न भनेर लैजाने र बिस्तारै मासुका लागि भारत सप्लायर्स गर्ने चलखेल भएको हुँदा जुन स्थानबाट गोरु ल्याइएको हो । सोही क्षेत्रमा पठाउने तयारी चाहिँ भइरहेको जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij