आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

तृष्णा शाक्य नयाँ कुमारी

  • प्रकाशित मिति : मङ्लबार, अशोज १०, २०७४



  • यही महाअष्टमीको दिन तृष्णा शाक्यलाई विधिवत् कुमारी देवीका रुपमा प्रतिस्थापन गरिने भएको छ।

    गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले उनको ठाउँमा राजधानीकाे अोमबहालकी तृष्णा शाक्यलाई कुमारी छनोट गरिएको हो।

    तीन वर्ष उमेरमा कुमारी भएकी मतिनालाई अष्टमीकै दिन राजकीय सम्मानका साथ ‘कुमारी घर’ बाट विदाइ गरिनेछ। उनको ठाउँमा प्रतिस्थापन हुने नयाँ कुमारी तृष्णा शाक्यले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    गुठी संस्थान सञ्चालक समितिको यही सोमबार बैठकको निर्णयअनुसार कुमारी छनोट गरिएको हो। राष्ट्रपतिसँगको भेटका अवसरमा गुठी संस्थानका अध्यक्ष, प्रशासक, कुमारी घरसँग सम्बन्धित व्यक्तिको उपस्थिति थियो।

    बालिकालाई शक्तिको स्रोत मान्दै देवीका रूपमा स्थापना गरेर पूजा गर्ने यो चलन काठमाडौंको मौलिक परम्परा हो। संसारले नै कुमारीलाई ‘जीवित देवी’ मान्दै आएको छ।

    सामान्यतया तीन वर्ष पूरा भएकी बालिकालाई कुमारी देवीका रूपमा स्थापना गरिन्छ। बीचमा केही नभएको अवस्थामा कुमारीले १२ वर्ष उमेर पुगेपछि अवकाश पाउँछिन्। यो उमेरलाई महिनावारीको अन्तिम चरण मान्दै कुमारी परिवर्तन गर्ने चलन रहेको जानकार बताउँछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij