आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

बडादसैंको आज सातौं दिन फूलपाती भित्र्याईंदै

  • प्रकाशित मिति : बुधबार, अशोज ११, २०७४



  • काठमाडौं, असोज ११ । हिन्दूहरुको महान चाड बडादसैंको आज सातौं दिन । घरघरमा स्थापना गरिएको देवीसमक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याईंदै छ ।

    बेलपत्र, दारिम, पँचुर, माने, हलेदो, केराको बोट, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवीसमक्ष अर्पण गरिन्छ ।

    काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि फूलपाती भित्र्याईंदै छ । धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती पर्सिएर दसैंघरमा भित्र्याउने तयारी छ ।

    सर्वसाधारणले परम्पराअनुसार हनुमानढोका दरबारको पश्चिम मूलढोका परिसरबाट फूलपाती उत्सव अवलोकन गर्न पाउने छन् । नेपाली सेनाले परम्पराअनुसार टुंडिखेलमा फूलपाती बढाई गर्दै छ ।

    बडादसैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरी, गुहेश्वरी, भुवनेश्वरी, बनकाली, झंकेश्वरी, पाटनको बंगलामुखी, चामुण्डादेवी, भीमसेनगोलाको कात्यायनीलगायत देशैभरका शक्तिपीठमा भक्तजनले पूजा आराधना गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij