शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

घरमा कुखुराको मासु छ र नयाँ परिकार खाने रहर छ? यसरी पकाउनुहोस ‘चिकेन अफ्रिटाडा’

  • प्रकाशित मिति : शुक्रबार, अशोज १३, २०७४



  • मासुमा भिटामिन ए, भिटामिन बी  र भिटामिन डी , आइरन, जिंक, पोटासियम लगायतका पौष्टिक तत्व हुनेहुँदा यसको सेवनले शरिरलाई आवश्यक प्रशस्त प्रोटिनको मात्रा प्राप्त गर्न सकिन्छ। विभिन्न सोध अनुसार किशोरावस्थामा कुखुराको मासुको निरन्तर सेवन गर्ने मानिसमा ‘कोलोरेक्टल’ क्यान्सरको जोखिम कम हुने गर्छ।त्यस्तै स्वस्थ मासु खाँदा शरिरमा स्फुर्ती आउँछ।

    तर सही तरिकाले मासु पकाउन, खान तथा स्टोर गर्न नजान्दा समेत पाकेको मासुले हाम्रो शरिरमा असर गर्न सक्छ। त्यसैले मासु किन्दा, पकाउँदा र खादाँ सावधानी अपनाउनुपर्नेमा चिकित्सकहरु जोड दिने गर्छन्।यस्तै मासुको सौखिन भएर पनि हामी मध्ये धेरै मासुबाट तयार पार्न सकिने विभिन्न परिकारबारे कमै जानकार छौँ।

    यदि तँपाई मासुको पारखी हुनुहुन्छ र उपलब्ध मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउन चाहानुहुन्छ भने तँपाईलाई आज हामी बिलकुलै नयाँ परिकार बनाउन सिकाउँदै छौँ।हामीले तँपाईलाई बनाउन सिकाउन लागेको परिकारको नाम हो ‘चिकेन अफ्रिटाडा’ ।‘चिकेन अफ्रिटाडा’ फिलिपीन्सको एक प्रसिद्ध परिकार हो। आज हामी एक जना सेफको सहयोग मार्फत तँपाईलाई कुखुराको मासुबाट यो परिकार पकाउन सिकाउने प्रयास गर्दैछौँ।
    तयार गर्ने अवधिः ३० मिनेटपकाउने अवधिः ३० मिनेट
    आवश्यक सामग्रीःसाना टुक्रामा काटिएको हडिड् नभएको ११५ ग्राम कुखुराको फलमासु २ चम्चा सोय सस आधा स्लाइस कागती (रस)२ पाउण्ड मटनको कलेजो ५ चम्चा ओलिभ ओइल २ पिस आलु (चौथाइ काटेको) १ पिस प्याज (चप गरिएको) लसुन २ पोटी (पिसेको) २ पिस ठूला टमाटर (मसिनो पारेर काटेको ) एउटा हरियो भेडे खुर्सानी (टुक्र्याइएको) नुन र मरिच (स्वाद अनुरुपको मात्रा लिने)

    पकाउने विधि

    १. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।

    २. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

    ३. चिकेनलाई ठूलो भाँडामा राखेर त्यसलाई छोप्ने गरी प्रशस्त पानी हाल्ने।

    ४. सोय सस र कागतीको रस उक्त पानीमा मिसाएर चलाउने।

    ५. यसलाई ५ मिनेटसम्म उमाल्ने र चिकेनलाई निकालेर पानीमा राख्ने।

    ६. भाँडामा पुन ताजा पानी भरेर चिकेन कलेजोलाई

    ५ मिनेट उमाल्ने।

    ७. अनि कलेजोलाई सेलाउन दिएर खान मिल्ने स­साना टुक्रा पार्ने।

    ८. ३ चम्चा ओलिभ ओइललाई मन्द आँचमा बसालेको तावामा तताउने र आलुलाई रातो हुने गरी ७ देखि १० मिनेटसम्म फ्राइ गर्ने।

    ९. पेपर टावल बिछ्याइएको प्लेटमा आलुलाई खन्याउने।

    १०. अझ २ चम्चा ओलिभ ओइललाई तावामा तताउने अनि बास्ना नआउञ्जेल २ देखि ५ मिनेटसम्म लसुन र प्याज फुराउने।

    ११. त्यसमा हड्डीरहित चिकेन तथा कलेजो हाल्ने र छोपेर ५ मिनेटसम्म पकाउने। त्यसमा टमाटर थपेर चलाउँदै ५ मिनेट पकाउने।

    १२. आलु र भेडे खुर्सानी पनि तावामा थपेर नुन र मरिचले छर्केर अर्को ५ मिनेट पकाउने।त्यसपछि यसरी पकाइएको भएको चिकेज अफ्रिटाडा खानलाई तयार हुन्छ।

    यस परिकार पकाउने विधि दुई दशकदेखि क्रियाशिल वरिष्ठ सेफ कुमार चालिसेको सहायताले तयार पारिएको हो। उनी अष्ट्रेलियको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्धारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लािग ‘सर्टिफाइड’ सेफ हुन्।हाल उनी बाजेको सेकुवामा कर्पोरेट सेफ तथा काठमाडौँको ‘गेट कलेज’ मा सेफ तथा निरिक्षकका रुपमा कार्यरत छन्।त्यस्तै उनले पाक् शाष्त्रमा आधारित तीन पुस्तक लेखेका छन् भने नेपाली खानाका परिकारहरुको इतिहास सम्बन्धी पुस्तक प्रकाशनको क्रममा रहेको छ।यस बाहेक उनले डेढ दर्जनभन्दा बढि देशहरुमा नेपाली खानाका विभिन्न परिकारहरुको प्रवद्धन गर्ने कार्यक्रमहरु समेत आयोजना गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij