शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

काठमाडौंबाट २३ लाख बाहिरिए, राजधानी बन्यो सुनसान

  • प्रकाशित मिति : शनिबार, अशोज १४, २०७४



  • काठमाडौं । यो कुनै पार्टी विशेषको बन्दकाबेलाको तस्विर भन्ने तपाईँलाई लाग्न सक्छ । तर यो कुनै बन्द हड्तालकाबेला सुनसान काठमाडौंको सडकको तस्विर होइन । देशैंकाबेला काठमाडौंमा बस्ने ठूलो संख्या राजधानी बाहिर गएपछि देखिएको सुनसान सडक हो ।

    हिन्दु नेपालीहरुको महान चाड बडादशैंका लागि राजधानीबाट घटस्थापनादेखि आजसम्म २३ लाख बाहिरिएका छन् । विभिन्न पेशा, ब्यवसाय तथा अध्ययनका लागि राजधानीमा रहँदै आएको ठूलो समूहले एकै पटक राजधानीबाट बाहिरिएपछि राजधानी यतिबेला सुनसान बनेको छ ।

    सधैं ट्राफिक जामको हैरानी खेप्नुपर्ने बाध्यता हटेको छ भने ट्राफिक प्रहरीसमेत चोकचोकमा हात हल्लाएर बस्नु परेको छैन ।

    विहीबार भन्दा शुक्रबार राजधानीका सडक झनै सुनसान बनेको छ । छिटफुट रुपमा निजी सवारी साधन संचालन भएपनि सार्वजनिक यातायात ठप्प छन् ।

    सधैं व्यस्त रहने राजधानीका मुख्य बजार न्युरोड, असन, घण्टाघर, रत्नपार्क पुतली सडक, बागबजार, बानेश्वर, दरबारमार्ग लगायतका सडकमा छिटफुट मात्रै गाडीहरु चलेका देखिन्छन् । दशैंको अवसर पारेर बढी भाडा लिने लामो दूरीका गाडीलाई कारबाही गर्ने भन्दै प्रहरीले चेकजाँच कडा पारेको छ ।

    दशैंको अवसर पारेर बढी भाडा लिएका १४ लामो दूरीका र ६० वटा ट्याक्सीलाई प्रहरीले कारबाही गरेको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij