शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

  • प्रकाशित मिति : शनिबार, अशोज १४, २०७४



  • झापा ।  झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

    बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ ।

    रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १३ प ८०३३ नंको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

    ठक्कर दिने मोटरसाइकलका चालक मकवानपुर हेटौँडाका ३५ वर्षीय प्रवीण सुवेदी गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार मृतक मदनकी पत्नी ३२ कल्पना रिजाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा नाम, ठेगाना खुल्न नसकेका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

    दमक–४ स्थित चिया दोकान भन्ने स्थानमा मे ५ प २७३० नंको मोटरसाइकलले ठक्कर दिँदा करिव ८० वर्षीय ज्येष्ठ नागरिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    ठक्करबाट घाइते भएका उनको दमकस्थित निम्स नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका, दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

    ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij