प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३
काठमाडौ । नेपाली सेनाले विश्वमा बढ्दै गएको आतंकबादी घट्ना नेपालमा घटेमा कसरी प्रतिकार गर्ने भन्नेबारे अभ्यास गरेको छ । आईतबार उपत्यका पृतना हेडक्वार्टरको समन्वयमा भक्तपुरमा आयोजित ‘होस्टेज रेस्क्यु’ सम्वन्धी कथावस्तुमा आधारित ‘आतंक प्रतिकार–१’ को अभ्यासमा नेपाली सेना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र राष्ट्रिय अनुसन्धान विभागका प्रति आतंककारी कार्वाही हेर्ने युनिटको सहभागीता रहेको थियो ।

विश्वमा बढ्दै गएको आतंककारी गतिविधीलाई मध्यनजर गरेर त्यस्ता आतंकबादी घटना नेपालमा पनि घटेमा कसरी प्रतिकार गर्ने भनेर अभ्यास कार्यक्रम सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रति आतंककारी अभ्यास निरीक्षणका लागी प्रधान सेनापति राजेन्द्र क्षेत्री, रथीहरु, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक, अधिकृत लगायत विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij