शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अमेरिकाकाे लस भेगासमा गोली हानी ५० को हत्या, २०० बढी घाइते

  • प्रकाशित मिति : सोमवार, अशोज १६, २०७४



  • आश्विन १६, २०७४-अमेरिकाको लस भेगासमा भएको एक कन्सर्टमा गोली प्रहार गरी ५० जनाको हत्या गरिएको छ भने २ सय बढी घाइते भएका छन् । कन्सर्टस्थल नजिकैको एक होटलबाट अन्धाधुन्धा गोली प्रहार गरिएको थियो ।

    प्रहरीका अनुसार स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोकले कन्सर्टस्थल नजिकैको मन्डाले बे होटलको ३२ औं तलाबाट अन्धाधुन्धा गोली प्रहार गरेका थिए ।

    प्रहरीले उनलाई होटलमै गोली हानी हत्या गरेको छ । प्रहरी अधिकारीका अनुसार उनी रहेको स्थानमा धेरै मात्रामा हतियारहरु फेला परेका छन् ।

    यो अमेरिकाको इतिहासमै सबैभन्दा खराब घटना हो ।

    इन्फोग्राफिक्स स्राेत : बीबीसी

    सुरक्षा अधिकारी सेरिफ जो लोम्बार्डोले यसलाई साढेको आक्रमणको संज्ञा दिएका छन् । उनका अनुसार प्रहरीले ति आक्रमणकारीसँगै होटल प्रवेश गरेको महिलाको पहिचान गरिसकेको छ । आक्रमणमा दुई प्रहरी अधिकारी पनि मारिएका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले सयौं गोली प्रहार गरेका थिए ।

    यो क्षेत्रमा धेरै होटल छन् ।

    लग भेगासका अन्य स्थानमा पनि आक्रमणका घटना भएको भनिए पनि प्रहरीले यसलाई गलत भनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij