शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अवरुद्ध सिद्धबाबा सडक एकतर्फी सञ्चालन

  • प्रकाशित मिति : बुधबार, अशोज १८, २०७४



  • पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

    आज सडक मर्मतका लागि चार घण्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रुले निकै सास्ती भोग्नु परेको छ । पाँच दिनदेखि लगातार सडकमाथिबाट ठूल्ठूला चट्टानसहितको ढुंगा खसेर सडक छिनछिनमै खुल्ने र बन्द हुने भइरहेको छ ।

    सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरो खसेर धेरै यात्रुले अकालमै ज्यान गुमाउनु परेको छ । यही राजमार्ग भएर पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पोखरा, पर्वतलगायतका जिल्लामा जाने यात्रुले बेलाबेलामा निकै सास्ती भोग्नुपरेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij