शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सकरपुरामा झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

  • प्रकाशित मिति : शुक्रबार, अशोज २०, २०७४



  • राजविराज, असोज २० । सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।

    पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासी झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन् ।

    घर नजिकै रहेको नदीमा माछा मारेर खाँदा एक्कासि फैलिएको झाडापखालाको प्रकोपले तिलाठी कोइलाडी–३ सकरपुराका मनोज मण्डल र उनी श्रीमती गीतादेवी मण्डल सिकिस्त बिरामी परेकी छिन् ।

    दुवै जनालाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको स्थानीयवासीले बताएका छन् । बिरामी परेका एक दर्जनलाई गाउँमै राखेर जिल्ला जनस्वास्थ्य कार्यालयले शिविर सञ्चालन गरी उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

    त्यस्तै सिकिस्त बिरामी परेकालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि ल्याई उपचार थालिएको अस्पतालबाट थाहा भएको छ ।

    चेतनाको अभाव र सरसफाइमा ध्यान नदिएका कारण सकरपुरामा एक सातादेखि बढेको प्रदूषित नदीबाट माछा मारेर त्यतिकै खाने गरेकाले सो प्रकोप फैलिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

    दुई महिना अगाडि जिल्लाको विभिन्न खोला र नदीमा आएको भीषण बाढीका कारण सकरपुरासहित सो क्षेत्रका हजारौ व्यक्ति बाढीबाट प्रभावित भएका थिए ।

    त्यस्तै केही दिनयता मौसममा एक्कासि परिवर्तन आएपछि अहिले राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा रुघाखोकी, ज्वरो, झाडापखाला, विषमज्वरोलगायत विभिन्न रोगका बिरामी उपचार गराउनका लागि आउने गरेको पाइएको छ ।

    सो अस्पतालमा दिनहुँ २५ देखि ४० जनाभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा एक्कासि बिरामीको चाप बढेकाले श्ययाको समेत अभाव हुँदा बिरामी तथा बिरामीका कुरुवा भुइँमै बस्ने गरेको र भुइँमै उपचारसमेत गराउन बाध्य भएको अस्पतालका चिकित्सकले गुनासो गरेका छन् ।

    त्यस्तै अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अधिकांश बिरामी उपचार नपाएर धरान र विराटनगरको ठूलो अस्पतालमा जानुपर्ने बाध्यता समेत भोग्नु परिरहेको बिरामीका कुरुवाले गुनासो गरेका छन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij