आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ई–सेवाप्रति बढ्दो आकर्षण

  • प्रकाशित मिति : शनिबार, अशोज २१, २०७४



  • नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दैआएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन् ।

    छिटो, छरितो र सरल ढंगले प्रयोग गर्न सकिने यो सेवाप्रति ग्राहकको आकर्षण बढेको हो । तेह्रथुमका सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, लसुने, संक्रान्तिलगायत बजारमा ई–सेवा ‘अनलाइन पेमेन्ट’ सर्वत्र छ ।

    तेह्रथुममा यो सेवाबाट प्रति महिना कम्तीमा रु ३० लाखको कारोबार हुने गरेको ई–सेवा जोन रोशन मोबाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर रोशन श्रेष्ठले बताए।

    ‘जिल्लामा ई–सेवाप्रतिको आकर्षण ह्वात्तै बढेको छ, श्रेष्ठले भने, “बजारदेखि गाउँ–गाउँसम्म ई–सेवाका ग्राहक छन् । उनीहरुले मासिक न्युनतम रु चार सयदेखि अढाई लाखसम्म कारोबार गरिरहेका छन् । ई–सेवा जोन चलाएका श्रेष्ठ एक्लैले अहिले मासिक लगभग रु चार लाखको कारोबार गर्छन् ।

    जिल्लामा ई–सेवामार्फत विशेषगरी मोबाइल रिचार्ज, टेलिफोन बिल, इन्टरनेट बिल, डिसहोम रिचार्ज, सिसी टिभी रिचार्ज र हवाई जहाज टिकट हुनेगरेको छ । त्यस मध्येपनि सबैभन्दा बढीले मोबाइल रिचार्ज गर्ने गरेको जिरीखिम्तीका ई–सेवा प्वाइन्ट प्रकाश राईले बताए।

    राईले पनि मासिक अढाई लाखसम्म ई–सेवामार्फत कारोबार गर्ने गरेका छन् । ई–सेवामार्फत मोबाइल रिचार्ज, पोष्टपेड बिलिङ, इन्टरनेट बिलिङ, हिडहोम रिचार्ज, हवाईजहाज टिकट, बस टिकट गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ गर्न सकिन्छ । ई–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि भइरहेको छ ।

    शहरी क्षेत्रमा ई–सेवाको प्रयोगपछि विद्युत्, टेलिफोन र खानेपानीको बिल भुक्तानी गर्दा लामो लाइनमा पनि बस्नुपर्दैन् । गाउँमा पनि ई–सेवामार्फत मोबाइल रिचार्ज मात्रै गर्दा पनि रिचार्ज स्क्रयाच गरेर पिन नम्बर लगाउने झन्झट नहुने गरेको सेवाग्राही बताउँछन् ।

    ई–सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरी २१२१ मा एसएमएस गर्न सकिन्छ । साथै ई–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिने रोशन मोबाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर श्रेष्ठले बताए। इन्टरनेट चलाउने सर्वसाधारले भने www.esewa.com.np मा गएर पनि एकाउन्ट लग अन गर्न सक्नेछन् ।

    ई–सेवाको एण्ड्रोइड, आइओएस एप्ससमेत उपलब्ध छ, यी एप्स स्मार्टफोनमा डाउनलोड गरेपछि सजिलैसँग चलाउनसक्ने सुविधा उपलब्ध छ । ई–सेवा उपयोग गरे वापत सेवा तथा वस्तु खरिदमा कुनै शुल्क लाग्दैन । उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन । इसेवाका सम्पूर्ण सुविधा निःशुल्क छन् । यो सेवाको प्रयोगबाट उपभोक्ताले समय र पैसाको बचत गर्न सक्छन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij