शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दाङ र बाँकेमा भएका बस दुर्घटनामा तीनको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

  • प्रकाशित मिति : मङ्लबार, अशोज २४, २०७४



  • पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङ र बाँके जिल्लामा भएका दुईवटा बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी यात्रु घाइते भएका छन्।

    मंगलबार काठमाडौंबाट  यात्रु बोकेर धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नं. को यात्रुबाहक बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ लौकी खोलामा दुर्घटनामा हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

    दुर्घटना हुँदा एक जना पुरुष र एकजना महिलाको घटनास्थलमै मृत्यु भएको भएपनि यो खबर तयार पार्दासम्म पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परि ११ जना यात्रु गम्भीर घाइते भएको र उनीहरूको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको पनि प्रहरीले बताएको छ।

    मंगलबार बिहान साढे १० बजेतिर बस सडकबाट १५ फिट तल खोलामा खसेको प्रहरीले बताएको छ। दाङको सीमाना नजिकै बस दुर्घटना परेपछि दाङको अमेलियाबाट समेत प्रहरी उद्धारमा पुगेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए।

    यसअघि दाङमा गएराति भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको थियो भने १० जना गम्भीर घाइते भएका थिए ।
    पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ८ सतबरीयामा गए राति यात्रुबहाक बस र ट्रक एक आपसमा ठोक्किदा बर्दिया जिल्लाको राजापुर १० निवासी ३६ वर्षिय रामकृष्ण चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिएका छन् । गम्भीर घाइते चौधरीको उपचारका क्रममा राति नै कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको खड्काले बताए।

    बर्दियादेखि काठमाडौं जाँदै गरेको ना ४ ख ७४५९ नं.को यात्रुबाहक बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २ ख २६५ नं. को तीव्र गतिको ट्रक गएराति साढे ९ बजेतिर एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बसमा सवार १० जना घाइतेलाई दाङमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि राति नै कोहलपुर ‘रेफर’ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij