प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३
भक्तपुर । प्रक्षेपण दैनिकका प्रधान सम्पादक, नेपाल न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्वअध्यक्ष विकल श्रेष्ठलाई मातृशोक परेको छ ।
पत्रकार श्रेष्ठकी ८३ वर्षीया आमा चन्द्रमाया श्रेष्ठको आज बिहान सुर्यविनायकस्थित घरमै निधन भएको हो ।
चन्द्रमाया केही समयदेखि मुटुसम्बन्धी रोगको बिरामी थिइन् । उनको तीन छोरो र एक छोरी छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij