शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एनआरएनको सम्मलेनले उपत्यकाका तारे होटल भरीभराउ

  • प्रकाशित मिति : सोमवार, अशोज ३०, २०७४



  • शनिबारबाट राजधानीमा सुरु भएको गैरआवासीय नेपाली संघ(एनआरएनए)को विश्वसम्मेलनका कारण उपत्यकाका अधिकांस तारे होटल भरीभराउ भएका छन्। मुख्य पर्यटकीय सिजनमा सुरु भएको एनआरएनएको सम्मेलनमा विश्वका विभिन्न मुलकबाट आएका प्रतिनिधिहरुका कारण होटलको अकुपेन्सी बढेको हो। आजको अन्नपुर्णपोष्टमा खबर छापिएको छ।

    उपत्यकाका अधिकांश तारे होटलको अकुपेन्सीमा अहिले पाँच देखि १० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ। एनआरएनएको ८ औं सम्मेलन सुरु भएसँगै उपत्यकाका तारे होटल र रेस्टुराँमा चहलपहल बढेको छ। उपत्यकाका अधिकांश तारे होटलको अकुपेन्सीमा अहिले पाँचदेखि १० प्रतिशतसम्म एनआरएन प्रतिनिधिको बुकिङ छ। एनआरएनको आठौं सम्मेलन र पर्यटकीय सिजन सँगै परेकाले होटलमा चहलपहल बढेको नेपाल होटल एसोसिएसनका महासचिव विनायक शाह बताउँछन्।

    सम्मेलन चलिरहेको होटल ह्यातमा भने एनआरएनका प्रतिनिधिलाई होटल व्यवस्थापनले ५० वटा रुम दिएको शाहले जानकारी दिए। होटल व्यवस्थापनले एनआरएनका प्रतिनिधिले माग गरेकै जति कोठा दिन सक्ने अवस्था नरहेको उनले बताए। सम्मेलनमा आएका कतिपय एनआरएन प्रतिनिधि साथी आफ्नै घर र नातेदारको घरमा बस्ने गरेको उनले जानकारी दिए।

    पर्यटकीय सिजन भएकाले अहिले होटल बुकिङको अकुपेन्सी ७० प्रतिशतभन्दा माथि छ। त्यसाा पनि होटल व्यवस्थापनका आफ्नै ग्राहकले होटल भरिभराउजस्तै रहेको शाह बताउँछन्। अहिले उपत्यकाका तारे होटलभन्दा बढी सुविधासम्पन्न रेस्टुराँ तथा भोजनालयमा भीड बढेको उनको भनाइ छ। खाना खाँदै निर्वाचनको खाका तय गर्ने क्रम बढेसँगै होटलमा भन्दा रेस्टुराँ र भोजनालयमा भीड बढेको उनले बताए। तर विगतका वर्षभन्दा पर्यटकीय सिजनमा होटलको बुकिङ भने कम छ। पर्यटकीय सिजनको सुरुवाती चरणमा भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचन र फेरि हुन लागेको संघ र प्रदेशको निर्वाचनले पर्यटकको संख्याका कमी आएको शाहको भनाइ छ।

    होटल तथा पर्यटन व्यवसायीले अपेक्षा गरेअनुसार पर्यटक नआउँदा पनि एनआरएन सम्मेलनका कारण होटलको व्यवसाय सन्तोषजनक रहेको उनको भनाइ छ। त्यसका पनि एनआरएनका प्रतिनिधिको सबैभन्दा बाक्लो उपस्थिति दरबारमार्ग क्षेत्रमा देखिएको छ। साँझपख दरबारमार्गका होटल, रेस्टुराँ तथा भोजनालयमा प्रतिनिधिको भीड बढेको देखिन्छ।
    बस्नका लागि होटलका कोठा बुकिङ गरे पनि साथीसँगको भेटघाट र निर्वाचनको रणनीति तय गर्न खाजानास्ताको साथमा रेस्टुराँमा भीडभाड बढेको शाह बताउँछन्। दरबारमार्गकै तारे होटल अन्नपूर्णको कुल अकुपेन्सीको पाँच प्रतिशतभन्दा बढी एनआरएनका प्रतिनिधिकै उपस्थिति छ।

    होटलका सहायक बजार प्रबन्धक सुअर्पना शाहीले एनआरएन प्रतिनिधि र विदेशी पर्यटकको बुकिङ राम्रो रहेको बताइन्। होटलमा अहिले आन्तरिक पर्यटकभन्दा विदेशी पर्यटक नै बढी रहेको उनले जानकारी दिइन्। होटलमा रहेको सेमिनार हल पनि पूर्ण रूपमा बुकिङ रहेको शाहीले बताइन्। होटल ह्यात र अन्नपूर्णबाहेक दरबारमार्गआसपसमै रहेका होटेल याक एन्ड यती, र्‍याडिसन र सांग्रिलामा पनि एनआरएनएका प्रतिनिधिको बाक्लै उपस्थिति रहेको संघका महासचिव शाह बताउँछन्। त्यसबाहेकका ललितपुरको हिमालय होटल, सोल्टीमा पनि केही एनआरएनका प्रतिनिधिको बुकिङ रहेको छ।

    एनआरएनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने अवस्था आएसँगै भोजनालय र रेस्टुराँमा चाप बढेको उनको भनाइ छ। नयाँ नेतृत्वका लागि तीनजना चुनावी मैदामा उत्रिएका छन्। यसले गर्दा समूहसमूहमा बस्ने र रमाइलो गर्नेको भीड बढेको हो। नयाँ नेतृत्व चयनका लागि ७७ राष्ट्रबाट झन्डै दुई हजारभन्दा बढी एनआरएन प्रतिनिधि अहिले काठमाडौंमा छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij