शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, अशोज ३१, २०७४



  • मोरङ, असोज ३१ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नम्बरको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति उपचारकै क्रममा मृत्यु भएको हो ।

    सोही मोटरसाइकलका चालक ५७ वर्षीय विष्णुकुमार राई गम्भीर घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा ४९९९ नम्बरको मोटरसाइकलका चालक झापा बाह्रदसी गाउँपालिका–४ बस्ने ३० वर्षीय सन्तबहादुर ताजपुरिया र पछाडि सवार सोही ठाउँका २४ वर्षीय किरण राजवंशी सामान्य घाइते भएका छन् । उनीहरूको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij