शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रदुषण फेल भएका ३८ सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मिति : बुधबार, कार्तिक १, २०७४



  • तस्बिर: भुषण तुलाधरको ट्वीटरबाट

    काठमाडौं उपत्यकामा प्रदुषण हुनुको कारण सवारी साधन पनि मानिन्छ। उपत्यकामा चल्ने सवारी साधनको धुँवाबाट ३८ प्रतिशत वायु प्रदुषण हुँदै आएको केही वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानमा उल्लेख छ।

    सवारी साधनबाट निस्कने धुँवाले मानव स्वास्थ्यमा निकै खतरा गर्ने स्वास्थ्यकर्मीहरूले  बताउँदै आएका छन्।

    यसरी दिनप्रतिदिन उपत्यकामा वायु प्रदुषण बढ्दै गएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले सवारी प्रदुषण फेल भएका र नविकरण नगरेको ३८ वटा सवारी साधन मंगलबार नियन्त्रणमा लिएको छ।

    ट्राफिक प्रहरी मंगलबार दिउँसो उपत्यकाका विभिन्न स्थानमा बसेर सवारी साधन नियन्त्रणमा लिई यातायत व्यवस्था विभागले प्रदुषण चेक गर्दै आएको टेकु र एकान्तकुनामा परीक्षणका लागि पठाएको थियो।

    सो क्रममा ३८ वटाले प्रदुषण जाँच नगरेको भेटिएको महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालले जानकारी दिए। ‘उपत्यकाको प्रदुषण बढ्नुमा सवारी साधनबाट मुस्लो झै निस्कने धुँवा पनि हो’, डिआईजी खनालले भने, ‘रोकथामका लागि सवारी साधनको प्रदुषण जाँच गर्ने कामको थालनी गरेका हौँ।’

    प्रदुषण मापन गरेपछि यातायत व्यवस्था विभागले सवारी साधनमा हरियो स्टीकर टाँस गरिदिन्छ। तर, ट्राफिक प्रहरीले हरियो स्टीकर टाँस भएको सवारी साधन चेक गर्दा प्रदुषण फेल भएको पाइएको जनाएको छ।

    ‘प्रदुषण फेल हुँदा कसरी त्यो सवारी साधनले हरियो स्टीकर पायो?, कसले दियो?,’ यस विषयमा अनुसन्धान सुरू गरिसकेका छौँ,’ डिआईजी खनालले भने।

    सवारी साधनले कार्वन मनोअक्साइड र हाइड्रो कार्वन फाल्ने गर्छ, राम्रो अवस्थामा रहेको इन्जिनले हाइड्रो कार्वन कम फाल्छ।

    सवारीसाधनले फालेको धुँवा पार्टिकुलेट म्याटर पीएम २ दशमलव ५ र पार्टिकुलेट म्याटर पीएम १ भन्दा सानो हुने भएकाले जति सानो कण उत्तिनै शरीरलाई क्षति पुर्‍याउँछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij