शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दमकमा मोटरसाइकल र म्याजिक भ्यान ठोक्किदा एक जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २, २०७४



  • दमकमा मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् ।

    कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

    इलाका प्रहरी कार्यालय, दमकका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार को २७ प २९८९ नम्बरको मोटरसाइकल र मे १ च ४९६३ म्याजिक भ्यान एकापसमा ठक्कर खाएका थिए ।

    दुर्घटनामा परेर भ्यानमा सवार चारजनामध्ये दुई जनाको दमकस्थित लाइफलाइन र अन्य दुईजनाको भने बिएण्डसी अस्पताल, बिर्तामोडमा थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये गौरादह–५ का बमबहादुर कटुवाल र उनकी श्रीमती देवीमाया कटुवालको बिएण्डसीमा रिफर गरिएको छ भने घाइतेद्वय दमक–७ का जगत विक र भरत ल्वागुनको भने स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij