शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

चाबहिल–दक्षिणढोका र जोरपाटी–सुन्दरीजल सडक मर्मत हुने

  • प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०७४



  • काठमाडौं, कात्तिक ६ । गोकर्णेश्वर नगरपालिकाले चाबहिल–दक्षिणढोका तथा जोरपाटी–सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ ।

    चाबहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी–सुन्दरीजल सडक र चाबहिल–दक्षिणढोका–साँखु सडक प्रयोग गरी दैनिक जीवनयापन गर्नेले बाटो बिग्रिएका कारण वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्दै आएका छन् ।

    जोरपाटी–सुन्दरीजल सडक भने मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र र सुरुङ निर्माण गर्न लगिने निर्माण सामग्री बोकेका गह्रुंगा सवारी–साधनका कारण बिग्रिएको हो ।

    नगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग २०७४ कात्तिक १ गते चाबहिलदेखि दक्षिणढोका र जोरपाटीचोकदेखि सुन्दरीजल बसपार्कसम्मको सडक मंसिर महिनाको प्रारम्भसँगै मर्मत गर्ने सम्झौता गरेको प्रमुख सन्तोष चालिसेले बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij