आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १०, २०७४



  • विराटनगर, कात्तिक १० । विराटनगरस्थित मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु भएको छ ।

    साउन यता उनीहरुको विभिन्न रोगका कारण मृत्यु भएको हो । कारागारमा अहिले पनि विभिन्न रोगबाट एक दर्जन बढी बन्दी थलिएका छन् ।

    विराटनगर कारागारका जेलर प्रेम सापकोटाका अनुसार साउन महिना यता विभिन्न रोगबाट थलिएका बन्दीको उपचारको क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा २६ देखि ६३ वर्ष उमेरका छन् । मृत्यु हुनेमा सबै पुरुष र सबैभन्दा बढी लागु औषध दुव्र्यसनीको सजाय भोगिरहेका बन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

    विरामी पाँच जनाको नोवेल मेडिकल कलेज र कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अरु चार जनालाई उपचारका लागि काठमाडौं र भरतपुर पठाइएको जेलर सापकोटाले जानकारी दिए ।

    अरु १२ जनालाई पनि काठमाडौं पठाउने तयारी भईरहेको छ । धेरैलाई श्वासप्रश्वासको समस्या देखिएको हो ।

    कारागारमा ६२ महिला र उनीहरुमा आश्रित ४ बालबालिकासहित ७ सय ५६ कैदी बन्दी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij