आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

तीन महिना बित्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आएन

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १०, २०७४



  • बनेपा, कात्तिक १० । एकै परिवारका चारजनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको तीन महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन ।

    गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृतावस्थामा फेलापरेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले परीक्षण रिपोर्टले आत्महत्या भएको देखाएपनि भिसेरा रिपोर्ट नआउन्जेल निर्क्योलमा पुग्न नसकिने बताए ।

    भिसेरा परीक्षणका लागि ताकेता गर्न नसकिने तर अब केही दिनभित्रै रिपोर्ट आउने अनुमान गर्दै उनले सो रिपोर्ट आएपछिमात्रै अन्य अनुसन्धान सुरु हुने जानकारी दिए ।

    भिसेरा परीक्षणबाट सेल्फास नामक विषादी हो वा होइन ? कुन समयमा खाएको, सबैजनाले कुन–कुन समयमा खाएको, एकैपटक खाएको वा नखाएको भन्ने विस्तृत् विवरण आउने बताइएको छ ।

    बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृतवस्थामा फेला परेपछि स्थानीय वासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका थिए ।

    सम्पत्ति र घरायसी विवादका कारण उनीहरूले सामूहिक आत्महत्या गरेको आशंका गरिएको थियो ।

    मृत फेलापरेका व्यक्ति बाबु, आमा, छोरा र छोरी हुन् । गौतम भोजनालयमा भित्रबाट ताल्चा लगाएर उनीहरूले विष सेवन गरेको र सेल्फास नामक विषादीको सिसीसमेत प्रहरीले घटनास्थलमा फेलापारेको थियो ।

    उता, धुलिखेल नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष राजन कोइरालाको हत्यामा संलग्न व्यक्ति अझैपनि फेलापरेका छैनन् ।

    प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएपनि हत्यारा फेला नपर्दा घटना रहस्यमय भएको हो ।

    गत भदौ ४ गते आक्रमणमा परेका वडाध्यक्ष कोइरालाको उपचारकाक्रममा काठमाडौंमा निधन भएको थियो । आक्रमणपछि उनी अर्धचेत अवस्थामा थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij