शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तुलसीको उद्यापन गर्न समस्या छैन : पञ्चांग निर्णायक समिति

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १०, २०७४



  • काठमाडौं, कात्तिक १० । कात्तिक शुक्ल द्वादशीदेखि गरिने तुलसीको उद्यापन यस वर्ष गर्न नहुने भनी गरिएको हल्लाप्रति नेपाल पञ्चांग निर्णायक समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

    समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले असार शुक्ल एकादशीदेखि सुरु गरिएको चतुर्मास व्रत तथा पूजा समापन, कात्तिक कृष्ण प्रतिपदादेखि सुरु गरिएको कात्तिक स्नान, नव अन्नप्राशन (नयाँ उत्पादित धान, मासलगायत अन्न) चढाएर खाने, पूजा एवं हवन गरिने काम नियमित भएकाले यस वर्ष बृहस्पति अस्त भएपनि गर्न हुने बताए ।

    ‘बृहस्पति तथा शुक्र अस्त भएको समयमा नित्य (नियमितरूपमा गरिने) र नैमित्तिक (आकस्मिकरूपमा गरिने) कर्म गर्नुहुन्छ, काम्य (कुनै कामना राखेर गरिने) कर्ममात्र गर्नुहुँदैन, अस्तका बेला बिरामीको ग्रह–दोष निवारणका लागि गरिने शान्तिस्वस्ति पनि गर्नुहुन्छ’–उनले भने ।

    तुलसीको हवन प्रत्येक वर्ष कात्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म गरिने नियमित कर्म भएकाले शास्त्रीय मान्यताअनुरूप नै गर्नुपर्ने समितिले जनाएको छ ।

    यस वर्ष कात्तिक १५ गते बुधबारदेखि २२ गते बुधबारसम्म यो कर्म गर्न शास्त्रसम्मत हुनेछ ।

    अस्तमा पनि नित्य र नैमित्तिक कर्म गरे फल पाइने र नगरे दोष लाग्ने अध्यक्ष गौतमले बताए ।

    यस वर्ष असोज २५ गते बुधबार पश्चिमबाट अस्ताएका बृहस्पति कात्तिक २० गते सोमबार पूर्वबाट उदाउने समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij