शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

त्रिशुली नदीबाट १९ जनाको शव निकालियो, तीव्र गतिका कारण बस दुर्घटना

  • प्रकाशित मिति : शनिबार, कार्तिक ११, २०७४



  • शनिबार बिहान साढे ५ बजेतिर काठमाडौं आइरहेको बस धादिङ घारबेसीबाट त्रिशुली नदीमा खस्यो। मोडमा बस मोड्न नसकेर सिधै त्रिशुली नदीमा खसेको देखिन्छ।

    बसमा यात्रा गरिरहेका १६ जना उछिट्टिएर नदी किनारमा घाइते अवस्थामा भेटिए। स्थानीय र प्रहरीले उनीहरुलाई उपचारका लागि गजुरीस्थित अस्पतालमा लगे।

    प्रहरीले उद्धारका लागि सेना र सशस्त्र प्रहरीलाई बोलायो।

    सुरुमा एक महिलाको शव नदीबाट निकालियो। त्यसपछि एक बालकको शव भेटियो। बिहान साढे ११ बजेसम्म उद्धारकार्य जारी रहदाँ १९ जनाको शव त्रिशुली नदीबाट निकालिएको छ। प्रहरीले अझै केही जनाभन्दा बढी हराइरहेको आशंका गरेको छ। बसमा कति जना सवार थिए भन्ने यकिन छैन ।

    राजविराजबाट १५ जना यात्रुको चलानी लिएर ना ६ ख १४६६ नम्बरको बस राती १० बजेतिर हेटौंडा आइपुगेको थियो । त्यसपछि सोही कम्पनीको अर्को ना ६ ख १४६७ नम्बरको बसमा यात्रु चढाएर काठमाडौं पठाएको थियो।

    हेटौंडाबाट ३५ जना भन्दा बढी यात्रु लिएर बस काठमाडौं हिँडेको मध्य क्षेत्र प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी सुरेन्द्र मैनालीले बताए। तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीले निष्कर्ष निकालेको छ।

    इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले सेतोपाटीसँग भने, ‘तीव्र गतिमा रहेको बस अनियन्त्रित हुदैँ नदीमा खसेको देखिन्छ।’

    हेटौंडाबाट बस नारायणघाट आउने बेलादेखि नै चालकले बस तीव्र गतिमा कुदाउँदै आएको घाइते यात्रुहरुले आफूलाई बताएको उनले बताए। ‘यात्रुहरुले बस धेरै नकुदाउन आग्रह गरेका पनि रहेछन्’ उनले भने।

    प्रहरीका अनुसार बस चालक फरार छन् ।

    हेटौंडाबाट बस परिवर्तन हुदाँ बसका मालिकसँग प्रहरीले चालकबारे बुझ्न खोजेपनि जानकारी दिएका छैनन् । कन्डक्टर र खलासी भने नदीमा बेपत्ता भएका छन् ।

    अहिले हामी बस दुर्घटनामा कसरी पर्यो भनेर अनुसन्धान गर्ने भन्दा पनि वेपत्ता भएकाहरुलाई खोज्न लागिपरेका छौं, सिंहले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij