प्रकाशित मिति : आइतवार, कार्तिक १२, २०७४
लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रो रेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ। यो खबर भीम गौतमले आजको कारोबारमा लेखेका छन्।
वर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो।
राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका साथै अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि सदस्य छन्।
अध्ययन प्रतिवेदनअुसार काठमाडौं भित्र र धुलिखेलसम्म मेट्रोरेल
-दुवै रुट ७९ किलोमिटरको हुने।
-चार वर्षभित्र निर्माण सम्पन्न हुन सक्ने।
-दुवैको लागत ५ खर्ब ३६ अर्ब
-दुवैलाई ३५/३५ मेगावाट विद्युत आवश्यक
-दैनिक साढे तीन लाख यात्रुलाई सेवा
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij