शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नगरकोट काठमाडौँ बस सेवा

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • नगरकोट  ।  नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ ।

    उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौँ रत्नपार्कसम्म बस सञ्चालन गरिने बताए ।

    उत्तरपूर्वी बस व्यवसायी सङ्घले हाल भक्तपुर कमलविनायकबाट खरिपाटी, तेलकोटहुँदै नगरकोटसम्म र कमलविनायकबाट जितपुर, सरस्वती स्थानहुँदै कलमसीसम्म बससेवा सञ्चालन गर्दै आएको छ । सो सेवाबाट भक्तपुरको उत्तरपूर्वी क्षेत्रका तथा काभ्रेका बासिन्दा लाभान्वित भएका छन् ।

    यसैबीच उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाले सङ्घको अध्यक्षमा पुनः जीवन खत्रीलाई चयन गरेको छ । उपाध्यक्षमा राजेन्द्र तिमिल्सिना, महासचिवमा पुरुषोत्तम राजभण्डारी, कोषाध्यक्षमा सागर तिमिल्सिना तथा सदस्यहरुमा सुनिता तामाङ, सन्तबहादुर वाइवा र कुमाले बानियाँ चयन भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij