प्रकाशित मिति : शुक्रबार, कार्तिक २४, २०७४
काठमाडौंको त्रिपुरेश्वरमा रहेको एक मोटरसाइकल वर्कसपमा विहीबार साँझ आगलागि हुदाँ मृत्यु भएका सोही वर्कसपमा कामदार भएको खुल्न आएको छ।
वर्कसपमा कार्यरत मुलायम यादवको जलेर मृत्यु भएको प्रहरीले बताएको छ। यादवले चुरोट खान सलाई बाल्न लाग्दा पेट्रोलमा सल्किएको र आगो लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
मोटरसाइकलबाट सल्किएको आगोले ग्यारेज पुर्ण रुपमा क्षति भएको छ। सँगै रहेको जयन्ती पेट्रोल पम्प र लक्की भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। आगलागिबाट घाइते भएका एक बालक र अर्का एक जना पुरुषको वीर अस्पतालमा उपचार भइरहेको छ।
आगलागिबाट ५० लाख भन्दा बढीको क्षति भएको अनुमान छ। समयमा नै दमकल पुगेका कारण थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
अागो निभाउन काठमाडौं र ललितपुरका दमकल त्यहाँ पुगेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij