शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जगदीशपुर तालमा चराको चोरी निकासी बढ्यो

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०७४



  • कपिलवस्तु, कात्तिक ३० । विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ ।

    स्थानीय निकायको बेवास्ता र ताल व्यवस्थापनको अभावमा जगदीशपुर तालमा जाडोको मौसम बढेसँगै चराको चोरी निकासी बढ्दै गएको हो ।

    कृत्रिमरुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट आउने चराको चोरी निकासी बढ्दै गएको स्थानीयवासीले बताएका छन् । चोरी निकासी बढेपछि सरोकारवालालाई पटक–पटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीय विश्वराज पाण्डेले बताए ।

    साइबेरियालगायतका देशबाट आउने पाहुना चराका साथै दुर्लभ कछुवा, माछासमेत ताल क्षेत्रबाट चोरी निकासी बढिरहेको छ । ताल क्षेत्रको संरक्षणको जिम्मा लिएका विभिन्न सरोकारवाला र स्थानीय तहले समेत चासो नदेखाएको स्थानीयवासीको आरोप छ ।

    विश्व रामसार क्षेत्रमा सूचीमा सूचीकृत यस तालको संरक्षणको नाममा विभिन्न संगठन, सन्जाल र संस्था गठन भए तापनि प्रभावकारीरुपमा काम गर्न नसकेको स्थानीयवासी प्रदीप थापाले बताए ।

    चराको चोरी निकासी बढ्न थालेपछि आफूले सो विषयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीसँग चोरी निकासी रोक्नका लागि पहल थालेको कपिलवस्तु नगरपालिका– ८ का वडाध्यक्ष शिव वाग्लेले बताए ।

    कपिलवस्तु नगरपालिका– ९ निग्लीहवामा रहेको जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो तालमा ११८ प्रजातिका चरा, आठ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij